बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध « Khabarhub

बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध

ट्रम्पले शासन सम्हाल्नु अघि पोजिसन बलियो बनाउन तल्लीन युक्रेन र रुस


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न दुई महिना बाँकी रहँदा रुस र अमेरिका दुवैले युक्रेनमाथि महत्त्वपूर्ण तर फरक कदम चालेका छन्। गएको २४ घण्टामा नै रुसले आफ्नो लाभ र उपलब्धिलाई बढाउने प्रयास गरेको छ भने बाइडेन प्रशासनले रुसलाई निस्तेज पार्ने प्रयास गरेको छ।

युक्रेनले अहिले नै अमेरिकाबाट प्राप्त लामो दुरीको मिसाइल प्रयोग गरिसकेको छ भने पूर्वमा आफ्नो भूमि जोगाउन थप सङ्घर्ष गरिरहेको छ। युक्रेनको पूर्वी क्षेत्रमा हजारौँ उत्तर कोरियाली सेना उपस्थित भएपछि अहिले बाइडेनको भूमिका परिवर्तन भएको छ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आफूहरूले पराजयको सामना गर्नु परेमा आणविक हतियार प्रक्षेपण गर्ने चेतावनी दिइसकेका छन्। यसै साता रुसले युक्रेनमा साताको सबै भन्दा ठुलो आक्रमण गरेको थियो। सोही आक्रमणको डरले धेरै पश्चिमा देशले आफ्नो दूतावास बन्द गरे।

भूराजनीतिका विश्लेषकले अहिले ट्रम्पले राष्ट्रपति पदभार ग्रहण गरेपछि हुने वार्तामा आफ्नो पोजिसन बलियो बनाउनका लागि यो सबै भइरहेको बताउँछन्। सो वार्तामा पुटिन भन्दा ट्रम्प लचिलो हुने अनुमान गरिएको थियो।

युद्धको हजारौँ दिन मनाउने क्रममा युक्रेनले मिसाइल प्रयोग गरेको छ भने रुसले सोही दिन पूर्वी क्षेत्रमा थप आक्रमण गरेको छ। यो घटनापछि ट्रम्पले केही नबोले पनि उनले राष्ट्रिय सुरक्षा सल्लाहकार तोकेका मार्क वाल्जले देश कता गइरहेको छ भन्ने कुराले अन्योल पैदा गरेको बताएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ७ : ०८ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको