बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द « Khabarhub

बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।

बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।

सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।

सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ८ : ५७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली