पोस्टबहादुर बोगटी सुरुङमार्ग योजना अलपत्र « Khabarhub

पोस्टबहादुर बोगटी सुरुङमार्ग योजना अलपत्र


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा पोस्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै एक करोड रुपैयाँ खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दराजमा थन्किएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानीखण्डमा पोस्टबहादुर सुरुङमार्ग निर्माण गर्न डीपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।

‘आर्थिक वर्ष २०७६-७७ मा सुरुङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो,’ बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ज्यानेन्द्रप्रसाद पुनले भने, ‘सो सरकारको निर्णयानुसार आव २०७७-७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ ।’

सरकार फेरिएसँगै उक्त आयोजना अघि बढाउने वा खारेज गर्ने टुंगो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको उनले बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको निश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएको बताए । ‘अन्य आयोजनाजस्तो सरल होइन सुरुङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो,’ उनले भने, ‘पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ ।’

संघ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका निम्ति प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ९ : ४९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ