नदी किनारको मापदण्डबारे सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (तस्बिरहरू) | Khabarhub Khabarhub

नदी किनारको मापदण्डबारे सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (तस्बिरहरू)


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको आदेशविरुद्ध बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज मागसहित दबाब र्‍याली निकालेको हो ।

समितिले कुपण्डोल पुलमुनिबाट कंकेश्वरि (कंग अजिमा) मन्दिर परिसर ईनाटोलमा भेला भएर जुलुस माइतीघर मण्डलसम्म लगेको छ । जुलुसमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रि मुक्ति क्रान्तिका नेता सुमन सायमीसहित सहभागी थिए ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ २०८१ साउनमा आएयता राजधानी उपत्यका तरंगित छ ।

जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको थियो ।

त्यसपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पटक-पटक डोजर लगेर बस्ती भत्काउन पुगेका थिए । तर अदालतकै आदेशका कारण साहको प्रयास सफल भएको छैन।

२०६८ वैशाख ९ गते दायर भएको रिटमा २०८० पुसमा फैसला भएको थियाे। फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि महानगरपालिकाले ४० मिटर क्षेत्र खाली अभियान थालेपछि आन्दोलन पनि चलिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १२ : ३८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा