‘बीआरआईबारे कांग्रेस-एमालेबीच विवाद र खटपट छैन’ « Khabarhub

‘बीआरआईबारे कांग्रेस-एमालेबीच विवाद र खटपट छैन’

मन्त्री फेर्नेबारे सत्ता गठबन्धनमा छलफल नभएको जवाफ


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धनगढी- गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताएका छन् ।

बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।

‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर छलफल गरेर मात्र हुन्छ, तर अहिले सम्म त्यस्तो छलफल भएको छैन’, २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै उनले भने, ‘अबको १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्नु हुन्छ ।’

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफललाई लिएर बेकामको हल्ला चलाइएको बताए । प्रधानमन्त्री ओली मंसिर १७ मा चीन जानेपछि बीआरआईलाई कार्यान्वयका लागि अघि बढाउने विषयमा दुई दलबीच मतभेद रहेको चर्चाबीच लेखकले यस्तो जवाफ दिएका हुन् ।

‘एमाले-कांग्रेसबीच कुनै पनि बिषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ । २०८४ को निर्वाचनसम्म सहज रुपमा मिलेर जान्छौँ ।’

नयाँ प्रधानमन्त्री नियुक्तिलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने विषय सामान्य रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण जानुहुन्छ’, उनले भने ।

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १२ : ५० बजे

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल