‘बीआरआईबारे कांग्रेस-एमालेबीच विवाद र खटपट छैन’ « Khabarhub

‘बीआरआईबारे कांग्रेस-एमालेबीच विवाद र खटपट छैन’

मन्त्री फेर्नेबारे सत्ता गठबन्धनमा छलफल नभएको जवाफ


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धनगढी- गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताएका छन् ।

बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।

‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर छलफल गरेर मात्र हुन्छ, तर अहिले सम्म त्यस्तो छलफल भएको छैन’, २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै उनले भने, ‘अबको १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्नु हुन्छ ।’

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफललाई लिएर बेकामको हल्ला चलाइएको बताए । प्रधानमन्त्री ओली मंसिर १७ मा चीन जानेपछि बीआरआईलाई कार्यान्वयका लागि अघि बढाउने विषयमा दुई दलबीच मतभेद रहेको चर्चाबीच लेखकले यस्तो जवाफ दिएका हुन् ।

‘एमाले-कांग्रेसबीच कुनै पनि बिषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ । २०८४ को निर्वाचनसम्म सहज रुपमा मिलेर जान्छौँ ।’

नयाँ प्रधानमन्त्री नियुक्तिलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने विषय सामान्य रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण जानुहुन्छ’, उनले भने ।

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १२ : ५० बजे

स्थानीयको सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो : मन्त्री घिसिङ

सिरहा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र

जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू)

बारा– बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

नवलपरासी– व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु