कम्बोडिया यात्रामा किन निस्किए नेपाली नेताहरू ? « Khabarhub

कम्बोडिया यात्रामा किन निस्किए नेपाली नेताहरू ?

सभामुख घिमिरे पनि शुक्रबार न्होम्पेन जाँदै


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले यही शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ ।

बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेललाई उक्त सभाको कमान्ड तोक्दै एमाले बागमती इन्चार्ज डा. राजन भट्ट्रराईसमेत कम्बोडियातिर उडेका छन् ।

पहिले भृकुटीमण्डपमा गरिने भनिएको जागरण सभा अब दरबारमार्गमा हुने भएको छ । उक्त सभा गराउने जिम्मेवारी सम्हालिरहेका भट्टराईसहितको टोली बिहीबार बिहानै कम्बोडिया प्रस्थान गरेको छ । भट्टराई उक्त संस्थाका स्थायी समिति सदस्य हुन् ।

सभाका संयोजक नै कम्बोडिया प्रस्थान गरेपछि सर्वसाधारणले अनेक प्रश्न उठाएका छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब रुपैयाँ लगानी गरेको आरोप लगाएका विवादित व्यक्ति दुर्गा प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । उनले पनि यही शुक्रबार नै सभा गर्ने तयारी थालेका थिए ।

एमालेको सभाका कमान्डर विदेश यात्रामा निस्किँदा त्यही दिन काठमाडौंमा सभा गर्ने घोषणा गरेका प्रसाईं भने यतिबेला अनुसन्धानका लागि थुनिएका छन्।

बिहीबार डा. भट्टराईसहित कांग्रेस-एमाले र अन्य समेटेर पाँच दलका नेताहरू कम्बोडिया गएका हुन्। यस्तोमा नेपाली नेताहरूक किन लर्को लागेर कम्बोडिया गइरहन्छन् भन्ने प्रश्न उठिरहेको छ ।

कम्बोडियामा बिहीबारदेखि तीन दिनसम्म चल्ने एसियन पोलिटिकल पार्टीको (आईसीएपीपी) को १२ औँ सम्मेलनमा भाग लिन उनीहरू कम्बोडिया यात्रामा निस्किएका हुन् ।

उक्त कार्यक्रममा भाग लिन डा. भट्टराई, कांग्रेस नेतृ सुजता कोइराला, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उद्धव पौडेल र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेपाली दलका १३ जना प्रतिनिधि कम्बोडिया गएका हुन् ।

तर, संयोग कस्तो भयो भने ओलीलाई ३२ अर्ब लगानी कम्बोडियामा गरेको गम्भीर आरोप प्रसाईंले लगाएपछि विवाद भइरहेको छ। उक्त आरोपलाई फेक भन्दै प्रहरीले प्रसाईंलाई घरैबाट समातेर हिरासतमा राखेको छ । प्रसाईंलाई अदालतले ५ दिन हिरासतमा राख्ने म्याद दिइरहेको छ।

प्रसाईंले ओलीमाथि संगीन आरोप लगाएर हिरासततिर गएकै पृष्ठभूमिमा सामाजिक सञ्जालमा नेपालले चुच्चे नक्सा निकाल्ने क्रममा भारतीय मिडियाले बनाएको एउटा भिडियो भाइरल गरिएको छ । जसमा ओलीले कम्बोडियामा लगानी लगेको आरोप लगाइएको थियो । तर उक्त भारतीय मिडियाले पछि उक्त आरोप पुष्टि गर्न नसकेको भन्दै माफी माग्ने अवस्था आएको थियो।

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौँ रुपैयाँ लगानी गरेको आरोप प्रसाईंले लगाइरहेका बेला उनका एकजना विश्वासपात्र भट्टराई ने त्यसतर्फ उडेपछि झन् अफवाह फैलिएको छ । तर एमाले नेताहरू विरोधीहरूले फेक कुराको सहारा लिएर प्रश्न उठाएको बताउँछन् ।

भट्टराई कम्बोडिया उडेपछि शुक्रबार हुने जनसभाको नेतृत्व एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले गर्दैछन् । यो सभाका आयोजक काठमाडौं, ललितपुर र भक्तपुका एमाले जिल्ला कमिटी छन् ।

सभामुख पनि जाँदै

दलका नेताहरूपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि शुक्रबार कम्बोडिया जाने भएका छन् ।

उनी कम्बोडिया जाने कार्यक्रम डेढ महिनाअघि नै तय भएको सचिवालयका सदस्य शेखर अधिकारीले बताएका छन् ।

सभामुख र नेताहरू कम्बोडियामा सहभागी हुने कार्यक्रम अलग हुन् । सभामुख घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ सम्मेलन (आइपीटीपी) मा सहभागी हुँदै छन् । उनको टोलीमा सांसद ईश्वरी रिजाल, संसद् सचिवालयका एक कर्मचारी, सभामुखका मुख्य सल्लाकार र एकजना पीएसो जाने कार्यक्रम छ ।

यो कार्यक्रम कम्बोडियाको न्होम्पेन सहरमा शनिबारदेखि दुई दिनसम्म हुनेछ । यसघि पनि यस्ता कार्यक्रममा नेपालको तर्फबाट सरकारका प्रमुखहरू र नेता जाने गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : २८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित