जग्गा भाडामा लिएर कृषि गर्नेलाई गाउँपालिकाको अनुदान | Khabarhub Khabarhub

जग्गा भाडामा लिएर कृषि गर्नेलाई गाउँपालिकाको अनुदान


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । 

चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो। 

जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी जग्गा लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको कम्तीमा ८० प्रतिशत जग्गामा खेती गरेको हुनुपर्ने, एक वर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्ष र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षका लागि जग्गा लिएको हुनुपर्ने मापदण्ड गाउँपालिको बनाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए। 

अनुदान लिन चाहाने किसानले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८० को परिच्छेद २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकताको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उनले बताए। 

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउने उद्देश्यले जग्गाको भाडाबापतको अनुदान दिने निर्णय गरिएको बताए।

‘कृषिबाट रोजगारी सिर्जना गर्ने उद्देश्य छ’, अध्यक्ष ज्ञवालीले भने। अहिले रुरुक्षेत्रका कृषिजन्य सामग्री पाल्पामा बिक्री हुँदै आएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : २९ बजे

अर्थसंक्षेप : अलैँचीको भाउ लाख नाघ्यो, १७ अंकले बढ्यो नेप्से

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७. ८० अंकले बढेको

चिसो बढ्दैछ, खोकी लाग्दा के खाने, के नखाने ?

काठमाडौं– जाडो मौसममा धेरैलाई खोकी लाग्ने समस्याले सताउँछ ।  खोकी

कामपा–१६ की अध्यक्ष रोजिना श्रेष्ठ लिइन् शपथ

काठमाडौं – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर

विवाह महोत्सवमा आएका जन्तीलाई जनकपुरधाममा स्वागत

जनकपुरधाम – रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई जनकपुरधाममा

उपनिर्वाचनमा माओवादीको जनमत बढ्यो, कांग्रेस-एमालेसँग मिल्नु जरुरी छैन : वर्षमान पुन

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मंसिर १६