सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा (तस्बिरहरू) « Khabarhub

सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा (तस्बिरहरू)


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय घेरेका छन् ।

गत असोज १२ गते बाढी-पहिरोमा परी निधन भएका ६ फुटबलरका अभिभावकहरूले बिहिबार एन्फा घेराउ गरेका हुन् ।

एन्फा एकेडेमीका किशोर फुटबलरका परिवार र आफन्तले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गर्दा केहीबेर  तनाव भएको छ ।

उनीहरूले किशोर फुटबलरको ज्यान गएको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

त्यहाँ आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप भएको थियो । कतिपय अभिभावकलाई प्रहरीले दुर्व्यवहार र लछारपछार पनि गरेको छ। प्रहरीले पीडित परिवारका उनीहरू गेटमा छिर्नबाट रोकेको थियो ।

यसअघि एन्फाले पीडित परिवारलाई आठ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो। तर पीडित परिवारले आर्थिक सहयोग साथै घटनाको वास्तविकता सार्वजनिक गरी कारबाही पनि माग गरेका छन् ।

यसअघि गत कात्तिक ९ गते पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर गुहारेका थिए । त्यसबेला उनीहरूले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

एन्फाद्वारा सञ्चालित उक्त विद्यालयको होस्टेलका ६ जना किशोर फुटबलरको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो ।

पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा किशोर फुटबलरलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  २ : २८ बजे

प्रधानमन्त्री बालेनले पहिलो पटक संसद्‍मा उभिएर के के भने ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा पहिलो पटक

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य

प्रधानमन्त्रीको तर्क : सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेकै अवस्थामा देशलाई विद्युतीय युगमा लैजान

ऐन महर र ध्रुव राईप्रति सभामुखले भने- मर्यादा नमिच्नुस्

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद ध्रुव