सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा (तस्बिरहरू) « Khabarhub

सिस्‍नेरी बाढीमा ज्यान गुमाएका ६ किशोर फुटबलरका परिवारले घेरे एन्फा (तस्बिरहरू)


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय घेरेका छन् ।

गत असोज १२ गते बाढी-पहिरोमा परी निधन भएका ६ फुटबलरका अभिभावकहरूले बिहिबार एन्फा घेराउ गरेका हुन् ।

एन्फा एकेडेमीका किशोर फुटबलरका परिवार र आफन्तले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गर्दा केहीबेर  तनाव भएको छ ।

उनीहरूले किशोर फुटबलरको ज्यान गएको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

त्यहाँ आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप भएको थियो । कतिपय अभिभावकलाई प्रहरीले दुर्व्यवहार र लछारपछार पनि गरेको छ। प्रहरीले पीडित परिवारका उनीहरू गेटमा छिर्नबाट रोकेको थियो ।

यसअघि एन्फाले पीडित परिवारलाई आठ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो। तर पीडित परिवारले आर्थिक सहयोग साथै घटनाको वास्तविकता सार्वजनिक गरी कारबाही पनि माग गरेका छन् ।

यसअघि गत कात्तिक ९ गते पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर गुहारेका थिए । त्यसबेला उनीहरूले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

एन्फाद्वारा सञ्चालित उक्त विद्यालयको होस्टेलका ६ जना किशोर फुटबलरको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो ।

पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा किशोर फुटबलरलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  २ : २८ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६