बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन | Khabarhub Khabarhub

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६  वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धी सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा  बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए ।  

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जलवायु संकट समाधान गर्ने उनको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताए ।

बेलायती लेबर पार्टी बाट  प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियन्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताए । 

चार दशकसम्म उत्तरी इङ्ग्ल्यान्डको संसद् सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको  शान्तिपूर्वक मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारे । 

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाइसिल भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ४ : १६ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा