उद्योगीलाई मुख्यमन्त्री आचार्यको आग्रह- निर्धक्क भएर लगानी गर्नू  « Khabarhub

उद्योगीलाई मुख्यमन्त्री आचार्यको आग्रह- निर्धक्क भएर लगानी गर्नू 


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उनले लुम्बिनी प्रदेशमा उद्योग, व्यापार व्यवसायको वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे। 

रूपन्देहीको तिलोत्तमामा आजदेखि सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्‍घाटन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्लो समय आर्थिक अवस्था सुधार हुँदा उद्योग, व्यवसायका क्षेत्रमा सकारात्मक प्रभावहरू देखिन थालेको बताए। उनले तीन तहका सरकारले लगानीमैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीमा आमन्त्रण गरेका हुन् । 

लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको पनि उनले उल्लेख गरे ।

‘राज्यले लगानीको वातावरण बनाउँछ । तपाईंहरू निर्धक्क भएर लगानी गर्नुस्’, उनले भने, ‘सरकारले व्यवसायीहरूको संरक्षण र सम्वर्द्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन् ।’

मुख्यमन्त्री आचार्यले आफूले थालेका कामप्रति दृढ विश्वास नहुँदा समाजमा केही विचलन देखिएको उल्लेख गरे। तिलोत्तमा लुम्बिनीको मात्रै नभई देशकै उदाउँदो र नमुना सहरका रुपमा परिचित हुनु गौरवको विषय भएको उनको भनाइ छ । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय प्रदर्शनी कक्ष रहेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ६ : ३८ बजे

टी-२० महिला क्रिकेट : मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौं– मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

नयाँदिल्ली– भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको