मेलम्चीको पानी सहजरूपमा वितरण गर्न मन्त्री यादवको निर्देशन « Khabarhub

मेलम्चीको पानी सहजरूपमा वितरण गर्न मन्त्री यादवको निर्देशन


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन्। 

मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रुपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे नपुगेकाबारे स्थलगत निरीक्षण गर्न आज मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्।

निर्देशनकै क्रममा मन्त्री यादवले भने, ‘प्रत्येक वडाहरूमा गएर मेलम्चीको शुद्ध खानेपानी आए नआएका बारे बुझ्नुस्, कहाँ समस्या भइरहेको छ, त्यो विषयमा स्थलगत अनुगमन गरेर समस्याको समाधान गरी पानी वितरण गर्नुहोला ।’

मन्त्री यादवले जहाँ पाइप फुटेको छ त्यहीँ ठाउँमा मर्मत गर्न र सोही स्थानबाट तत्काल पानी सञ्चालनका लागि निर्देशन दिए । मेलम्ची खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण मन्त्री यादवले निर्देशन दिए। 

नागरिकका लागि पानी नभई नहुने तथा अतिआवश्यक पर्ने चिज भएकाले सकभर दैनिक, नभएका खण्डमा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए। 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ७ : ५५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६