बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना « Khabarhub

बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिएकी छन् । ‘आर्टबिट’द्वारा ‘रङ्गीन सपना’ शीर्षकमा आजदेखि काठमाडौंस्थित नेपाल कलापरिषद्मा आयोजित नवकलाकार तथा बालबालिकाको कला प्रदर्शनी उद्घाटन गर्दै उपसभामुख रानाले बालबालिकाहरुले प्रस्तुत गरेको कला सिर्जनाले पनि प्रदूषण रोक्न आह्वान गरिरहेको बताइन् ।

यहाँ संस्कृतिलाई झल्काउने पोशाक, प्रकृति र वातावरणलाई कलामा प्रस्तुत गरिएको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले भनिन्, “सेतो हिमाल र निलो आकास देख्नसक्ने अवस्था नभइरहेका बेला कलामा निलो आकाश, सेतो हिमाल देखाइएको छ । देशका पहाडहरु काला देख्न थालिएको छ, यो कलामा देखिएको सिर्जनशीलता नेपाललाई झल्काउने खालको छ, उहाँहरुले यस्तै प्रस्तुत गर्नुभएको छ ।”

नेपालमा प्रदूषण बढ्दो रहेको उल्लेख गर्दै उनले हामीमा अनुशासनको कमी भएको पनि बताइन्। उपसभामुख रानाले नयाँ पुस्तालाई प्रदूषणमुक्त वातावरण बनाइदिनुपर्ने र त्यसका लागि हामी सबै लाग्नुपर्नेमा जोड दिइन् ।

समारोहमा बागमती प्रदेशका पूर्वसंस्कृतिमन्त्री शैलेन्द्र बज्राचार्यले कला सिर्जनाले मुलुक संस्कृति संरक्षणको महत्वपूर्णमाध्यम भएको उल्लेख गर्दै यसको प्रवद्धन जरुरी रहेको औँल्याए। उनले बालबालिकाहरुको कलाकृति आकर्षक र प्रकृतिप्रेम रहेको भन्दै प्रशंसा पनि गरे ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ८ : ४७ बजे

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ