टासिनाम हुँदै च्छो-रोल्पा पर्यटक पदमार्ग निर्माण सुरु « Khabarhub

टासिनाम हुँदै च्छो-रोल्पा पर्यटक पदमार्ग निर्माण सुरु


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

दोलखा – दोलखाको गौरीशंकर गाउँपालिका-९ को टासीनाम हुँदै पर्यटकलक्षित पैदलमार्ग निर्माण थालिएको छ ।

पर्यटकहरूलाई लक्षित गर्दै संघीय सरकारको दुई करोड आठ लाख रुपैयाँ लगानीमा सो पदमार्ग निर्माण थालिएको हो । वडा अध्यक्ष शेर्पाका अनुसार गौरीशंकरको अधिकांस भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्दछ ।

यस गाउँपालिकाको पूर्वी सिमाना रहेकोे सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्हामु गाउँपालिका हुँदै सगरमाथा प्रवेश गर्ने पर्यटकहरूंलाई समेत लक्ष्यित गरेरे पैदलमार्ग निर्माण कार्य भइरहेको अध्यक्ष शेर्पाले बताए ।

उक्त पैदलमार्ग निर्माण संघीय सरकार पर्यटन मन्त्रालय अन्तर्गत गौरीशंकर-९ को टासिनाम दाल्दुङ रोल्वालिङ छो-रोल्पा हुँदै टासिलाप्चा पास मार्गअन्तर्गत ६ किलोमिटर ढुङ्गा बिछ्याइएको सिँढी सहितको पैदलमार्ग निर्माण गर्ने काम धमाधम भैरहेको उनले बताए ।

पछिल्लो समय यही बाटो हुँदै सगरमाथामा छिर्ने पर्यटन वृद्धि हुँदै गएकाले थप चहलपहलसँगै पर्यटकहरूको सजिलो रुट र आकर्षकको गन्तव्यको रूपमा विकास गर्न पैदलमार्ग निर्माणलाई प्राथमिकता दिएको हो ।

पैदलमार्ग निर्माणको जिम्मा सतली एडि दाल्दुङले पाएको छ। टासिनामबाट सुरु गरिएको उक्त पैदलमार्गलाई सोलुखुम्बु जिल्लाको मुख्य व्यापारिक केन्द्र नाम्चे बजारसम्म जोड्न सके यहीँ रुटहुँदै एभरेष्ट ओहरदोहर गर्ने हिमाल आरोही बढ्ने सम्भावना रहेकोे वडा अध्यक्ष शेर्पाले बताए ।

गौरीशंकरको टासिनामदेखि एभरेष्ट पुग्न अहिले कम्तिमा ७ देखि ९ दिनसम्म लाग्ने गर्छ । अर्को रुट बन्द हुँदा यही रुट हुँदै सगरमाथामा जाने पर्यटक बढ्न थालेका छन्‌ ।

वडा अध्यक्ष शेर्पाले भने, ‘यस वर्ष टासिनाम हुँदै ६ किलोमिटर पैदलमार्ग निर्माण सम्पन्न गरिनेछ । त्यसपछि पनि उक्त पैदलमार्गलाई सोलुखुम्बुसम्मको नाम्चेसम्म विकास गर्दै लैजाने योजना बनाएका छौँ ।’

पहिलो चरणमा ढुङ्गामाटो र काठको प्रयोग गरेर सिँढी सहितको ६ किलोमिटर पैदलमार्ग निर्माण गरिनेछ । दुई किलोमिटर निर्माण गरिसकेको र बाँकी चार किलोमिटर पदमार्ग पनि फागुनअघि निर्माण सम्पन्न गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : ५२ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप