मादी–मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु | Khabarhub Khabarhub

मादी–मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मादी–मर्स्याङ्दी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरु गरिएको छ । 

सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख नौ हजार पाँच सय ४८ मा ठेक्का सम्झौता गरेको थियो । 

उक्त निर्माण कम्पनीले ०८१ असार ३० मा सम्पन्न गर्नेगरी ०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए। उक्त करिडोरमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । 

सम्पर्कमा आई तुरून्त काम गर्नु नत्र ठेक्का तोड्नेसम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडकखण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ । 

‘टायल सेक्सन’ गर्दा नबसेपछि कलेस्ती–गजौड सडकखण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ’, कार्कीले भने, ‘अहिले टुहुरेपसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ ।’

मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती–गजौड सडकखण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ । उक्त करिडोरअन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिनेछ । 

निर्माण कम्पनीको लापर्वाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहँदा आमनागरिकले समस्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। 

सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरेभञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र मान्केहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उनले बताए।

मादी–मर्स्याङ्दी करिडोरअन्तर्गत पाँचसयफाँट–टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणाधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । 


 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : ४२ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको