पहिलो विकेट गुमेपछि रन नजोडी विनोद पनि आउट, सुदूरपश्चिमका दुवै ओपनर बिदा | Khabarhub Khabarhub

पहिलो विकेट गुमेपछि रन नजोडी विनोद पनि आउट, सुदूरपश्चिमका दुवै ओपनर बिदा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगको फाइनमा पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सको लगालग २ विकेट गुमाएको छ ।

११ ओभरसम्म कुनै पनि विकेटविहीन रहेको जनकपुर बोल्ट्सले १२ ओभरमा खेल पुग्दा सुदूरपश्चिमका २ आपेनरलाई ब्याटिङबाट बिदा गरेको छ । 

सुदूरपश्चिमका ओपनर सैफ जाइब ११ ओभरको अन्तिम बलमा ७९ रन जोड्दै आउट भए । उनले ८ चौका र २ चौका प्रहार गरी ३९ बलमा उक्त रन जोडेका हुन् । 

उनी आउट हुँदा सुदूरपश्चिम ११७ रनको अवस्थामा थियो । 

१२ ओभरको दोस्रो बलमा जनकपुरले अर्को विकेट लियो । ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोडेर उनी आउट भए । उनी आउट हुँदा पनि सुदूरपश्चिम ११७ रनकै अवस्थामा थियो । 

अर्थात्, सैफको विकेट झरेपछि विनोद पनि रन नजोडी आउट भएका हुन् । 

सुरुवातमा विकेटविहीन रहेर दबाबमा रहेको जनकपुरलाई केही राहत मिलेको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ४४ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि