जापानमा आगलागीमा परी आठ जनाको मृत्यु | Khabarhub Khabarhub

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान आगलागी भएपछि ९२ वर्षीय पुरुष र उनकी ८९ वर्षीय श्रीमतीको मृत्यु भएको क्योडो न्यूजले जनाएको छ । 

सोही सहरको दुई तले अपार्टमेन्टमा आगलागी हुँदा ६८ वर्षीय महिलाको मृत्यु भएको छ ।

दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घरका पाँच जनामध्ये तीन जना फरार र दुई जना घाइते भएको प्रहरीले बताए ।  

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : ४६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’