आन्तरिक पर्यटनमा जोड दिन आवश्यक : मन्त्री पाण्डे « Khabarhub

 आन्तरिक पर्यटनमा जोड दिन आवश्यक : मन्त्री पाण्डे


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् ।

आज काभ्रेपलान्चोकको पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रममा उनले भने, ‘आन्तरिक पर्यटन जति धेरै चलायमान हुन्छ, त्यति पर्यटकीय महत्त्व बढ्छ, त्यसैले हामीले आन्तरिक पर्यटनलाई पनि जोड दिनु आवश्यक छ ।’

उनले छिमेकी देश समृद्ध हुँदा पनि त्यसको फाइदा नेपालको पर्यटन क्षेत्रलाई हुने धारणा राखे।

 ‘छिमेकी मुलुक भारत र चीनलगायतका देश समृद्धिको दिशामा अगाडि बढेका छन्, यो हाम्रो लागि पनि राम्रो विषय हो’, उनले भने।

 विभिन्न जाति, चाडपर्व, भेसभुसा, खानपानका हिसाबले विविधतापूर्ण नेपालमा पर्यटन नै विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख माध्यम भएको उनको भनाइ थियो ।

उनले विश्व सम्पदामा सूचीकृतका पहल गरिरहेको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीलाई सूचीकृत योग्य बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा मन्त्री पाण्डेले पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका जात्रा पर्वहरु–३’ नामक पुस्तकको लोकार्पण गरे। साथै स्थानीय प्रेमबहादुर महाजू, महेश कर्माचार्य र इन्द्रकुमारी खड्कालाई मन्त्री पाण्डेले ‘प्रजातान्त्रिक योद्धा’का रूपमा सम्मान गरे। 

आजै मन्त्री पाण्डे काभ्रेली महिला सक्रिय समाजद्वारा आयोजित तीन सय हप्तामा प्रवेश पनौती त्रिवेणी सरसफाइ नागरिक अभियानमा सहभागी भएका थिए। 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : २६ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश