‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’ | Khabarhub Khabarhub

 ‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौँदेखि आजित बनेका उहाँले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । 

पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवा धुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।

‘वर्षामा घरभित्रै पानी आउथ्यो, पटक–पटक वडालाई भने, यसपटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन”, विकले भने । 

 वडाले रु तीन लाख बजेटमा कचेलीदेखि लामिडाँडासम्म तीन सय ३५ मिटर नाला निर्माण गरेको छ । 

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङी विगतको वर्षादमा डुबानमा पथ्र्यो । गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गथ्र्यो ।  यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए । 

‘पहिले वर्षा भयो की डुबानमा पथ्र्यो । अब निकासका लागि पनफकुवा नाला निर्माण भइसकेकाले त्यो समस्या हटेको छ ।’ 

तुलसीपुर उपमहानगरपालिका–१२ ले चालु आर्थिक वर्षमा रु तीन लाख बजेटमा यहाँ ७५ मिटर लामो नाला निर्माण गरिएको छ । वडाध्यक्ष खुसीराम चौधरीले सानो बजेटले ठूलो उपलब्धि गर्ने नीतिअनुसार समस्या समाधानका लागि काम भएको बताए । 

‘जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, ससाना समस्या हल ग¥यौँ भने पनि त्यसले राम्रो प्रभाव पार्छ”, उनले भने, “तीन लाख बजेटले मात्रै हामीले स्थानीयलाई खुसी दिन सकेका छौँ ।’

गाउँ नै डुबानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गर्न सहजीकरण गरेको चौधरीले बताए ।  

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ४८ बजे

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण

रूस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफल : पुटिन

मस्को– रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास

चीनमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु, ४ जना बेपत्ता 

बेइजिङ– चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२