काठमाडौँ– दक्षिण चीन सागरमा चीनसँग विवाद बढ्दै गइरहेका बेला फिलिपिन्सले जापानसँगको रक्षा सम्धी अनुमोदन गरेको छ । यस सन्धीले दुबै मुलुकलाई एक अर्काको मुलुकमा सेना तैनाथ गर्न छुट प्रदान गर्ने छ ।
रेडियो फ्रि एशियाका अनुसार फिलिपिनी सिनेटले सर्वसम्मत यो सम्धी अनुमोदन गरेको हो । अब राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले हस्ताक्षर गरेसँगै यो सम्धी फिलिपिन्समा कार्यान्वयनमा आउने जनाइएको छ ।
जापानी संसदले भने यो सम्धी अनुमोदन गर्न बाँकी छ । यस सन्धीमा गत जुलाई महिनामा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया