पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला | Khabarhub Khabarhub

 पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 धनगढी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् । 

 नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घकोशनिबार आयोजित प्रथम अधिवेशनमा उनले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्छ भने। पार्टीका धेरै नेता कार्यकर्ताले आफूहरूले न्याय नपाएको गुनासो गरेका बताए। 

नेता कोइरालाले भने,’पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ ।’ 

त्यस अवसरमा कांग्रेसका नेता डा. सुनिल शर्मा, सञ्जयकुमार गौतम, हृदयराम थानी, डा गोविन्द पोखरेल, नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललगायत वक्ताले पार्टी सङ्गठन विस्तार एवं एकतामा जोड दिएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : १० बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल