पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल « Khabarhub

पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी दिइएको बताएका छन् ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योगी, व्यवसायीलाई व्यवस्थित गर्न नेताहरूलाई पठाइएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्यूरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको बताए ।

प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्यूरो सदस्यको परामर्शबाट केही फाँटको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न जोड दिँदै उनले प्रदेशका कतिपय फाँटमा केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी तोकेकाले जनसङ्गठनका अध्यक्षलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशीघ्र छोड्न निर्देशन दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र भएको जिल्लामा एकभन्दा बढी सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्नसक्ने उल्लेख गरे ।

केन्द्रीय कमिटी सदस्यलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा इञ्चार्जले सम्बन्धित नेतासँग छलफल गरी निर्णय गर्नसक्ने अधिकार दिइएको बताउँदै अध्यक्ष नेपाल सोको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनुपर्ने उल्लेख गरे ।

केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गरेको पार्टीले कामको आवश्यकता हनुसार केही स्थानमा केन्द्रीय आयोगका सदस्यलाई पनि जिम्मेवारी दिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : १८ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य