दक्षिणपूर्वी एशियामा चिनियाँ ह्याकरको आक्रमण | Khabarhub Khabarhub

दक्षिणपूर्वी एशियामा चिनियाँ ह्याकरको आक्रमण


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुकमा चिनियाँ गिरोहले संदिग्ध रुपमा ठूलो स्तरमा साइबर आक्रमण गर्दै आएको खुलासा भएको छ । सिमान्टेक थ्रेट हन्टर ग्रुप नामक समूहले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा आधारित रहेका साइबर गिरोहले दक्षिणपूर्वी एशियाली मुलुकमा रहेका प्रतिष्ठित संस्थालाई लक्षित गरी साइबर आक्रमण गर्दै आएका छन् ।

उक्त प्रतिवेदनका अनुसार यस्ता समूहले मुख्यगरी सरकारी संस्थालाई लक्षित गरी साइबर आक्रमण गर्दै आएका छन् । त्यसबाहेक संवेदनशील पूर्वाधार र टेलिकम, रक्षा ऊर्जाजस्ता महत्वपूर्ण औद्योगिक क्षेत्र पनि गिरोहको निशानामा पर्ने गरेका छन् ।

खासगरी सूचना चोरी गर्ने नियतले यस्ता साइबर आक्रमण हुने गरेको सिमान्टेकले जनाएको छ । यस्ता महत्वपूर्ण क्षेत्रका सूचना रणनीतिक रुपमा निकै संवेदनशील हुने भएकाले पनि साइबर आक्रमणको निशानामा पर्ने गरेको जनाइएको छ ।

‘अर्थ बाकु’ नाम गरेको साइबर अपराधिक गिरोहले यसअघि हिन्द प्रशान्त क्षेत्रमा मात्रै आफ्ना आक्रमणलाई केन्द्रित गर्दै आएकोमा हाल भने त्यसले युरोप, मध्यपूर्व र अफ्रिकामा पनि आफ्नो गतिविधि विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिमान्टेकका अनुसार यस गिरोहले रक्सासा नामक प्राविधिक उपकरणको प्रयोग गरी आफ्ना आपराधिक गतिविधि गर्दै आएको छ । यो उपकरणमा चिनियाँ प्रविधि भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : २३ बजे

साबिक विजेता सिटीको खराब प्रदर्शन जारी

काठमाडौं – इङ्लिस प्रिमियरसिपको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीको खराब

रविविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ताको तयारी 

काठमाडौं– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष तथा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा

क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते

जर्मनी – क्रिसमस पार्टीमा कार प्रवेशपछि भएको दुर्घटनामा मर्नेको सङ्ख्या

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ