प्रहरीद्वारा गाँजा र अफिम फँडानी « Khabarhub

प्रहरीद्वारा गाँजा र अफिम फँडानी


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बागमती – प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा करिब ८० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिम फँडानी गरेको हो ।

यही मङ्सिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीयले ७५ बिघा सात कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा र १२ बिघा तीन कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा र अफिम खेती फँडानी गरेको हो । फँडानी गर्न बाँकी रहेका अन्य स्थानमा पनि क्रमशः प्रहरी टोली परिचालन गरी अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक सापकोटाले बताए ।

मकवानपुरको पहाडी क्षेत्रका पालिकामा गाँजा र अफिम खेती हुँदै आएको छ । यस्तै मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–५ स्थित डिल्लीपुरबाट आज एक क्विन्टल ३७ किलो गाँजा बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १० : ३१ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश