सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना | Khabarhub Khabarhub

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको जनाएको छ । ‘मानवअधिकार वर्ष पुस्तक सन्–२०२५’को समीक्षा कार्यक्रममा शनिबार इन्सेकले गैरराज्य पक्षबाट ८७ र राज्यपक्षबाट एक मानवअधिकार उल्लङ्घनको घटना भएको जानकारी दिएको हो ।

इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा बलात्कार, हत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटना घटेका छन् । उनका अनुसार यस अवधिमा १३ बालिका बलात्कार घटनाबाट पीडित भएका छन् भने ६ बालिका यौन दुर्व्यवहारको घटनामा पीडित भएका छन् ।

त्यसैगरी, ११ वटा बलात्कारका घटना घटेको र सातवटा बलात्कार प्रयासका घटना भएका छन् । पाँच पुरुष र पाँच महिलाको परिवारजनबाटै हत्या भएको छ । बहुविवाहका सातवटा घटना घटेका छन् ।

गाउँ निकाला, झडप, ढुङ्गामुढा, नाकाबन्दी, आत्महत्या दुरुत्साहन, घरेलु हिंसालगायतका मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । स्थानीय तहहरूका न्यायिक समितिमा पीडितहरूले विश्वास नगरेको देखिएको छ ।

वर्ष पुस्तक समीक्षा कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कट्टेलले प्रहरी जनशक्ति पर्याप्त नभएकाले अपराध नियन्त्रण र लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणमा चुनौती देखिएको बताए ।

त्यसैगरी, मधेस प्रदेशसभाका सदस्य राजेन्द्रप्रसाद चौधरीले समाजमा हिंसा न्यूनीकरणका लागि कानुन कार्यान्वयनको पक्ष फितलो रहेको बताउँदै आम नागरिक सचेत हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १० : २१ बजे

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन)

प्रधानमन्त्रीले मागे त्रिवि समस्या समाधानको प्रस्ताव

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा

देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवमा

ह्याम्स अस्पतालले गर्‍यो घाउ नबनाइ खाना नलीमा भएको रोगको सफल शल्यक्रिया

काठमाडौं– काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने प्रविधिबाट खानाको

सकियो ‘होस्टल–३’ को छायाङ्कन, प्रदर्शन कहिले ?

काठमाडौं- फिल्म ‘होस्टेल’को तेस्रो श्रृङ्खला ‘होस्टेल–३’को छायाङ्कन पूरा भएको छ