दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुईजना घाइते « Khabarhub

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुईजना घाइते


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौँका लागि गुडेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका– ९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका– १ का भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ४७ जना सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : १२ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व