हुस्सु र शीतलहरले रौतहटसहित मधेशको जनजीवन प्रभावित « Khabarhub

हुस्सु र शीतलहरले रौतहटसहित मधेशको जनजीवन प्रभावित


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौतहट– लगातारको हुस्सु र शीतलहरका कारण चिसो बढ्दा रौतहटसहित मधेशको जनजीवन प्रभावित भएको छ। विगत एक सातादेखि लागेको हुस्सु र शीतलहरले रौतहटको जनजीवन नराम्रोसँग प्रभावित भएको हो ।

अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोका कारण बजारमा चहलपहल समेत घटेको छ । चिसोका कारण विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् ।

जाडो बढेसँगै रौतहटका सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ। पहिलेको तुलनामा जाडोका कारण सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको रौतहट जिल्ला भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उदयप्रसाद देवकोटाले जानकारी दिए ।

तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तथा तोरीमा नराम्रो क्षति पुगेको किसानहरूको भनाइ छ। जाडो बढेसँगै अस्पतालमा जाडोबाट हुने विभिन्न रोगका बिरामीहरूको सङ्ख्या समेत बढ्दै गएको छ ।

शीतलहर र बाक्लो हुस्सुका कारण राजमार्गमा यातायातका साधन समेत कम चलेका छन् । हुस्सु, शीतलहर र तुषारोका कारण पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरूले दिउँसै बत्ती बालेर हिँड्नुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : ०६ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व