हुस्सु र शीतलहरले रौतहटसहित मधेशको जनजीवन प्रभावित « Khabarhub

हुस्सु र शीतलहरले रौतहटसहित मधेशको जनजीवन प्रभावित


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौतहट– लगातारको हुस्सु र शीतलहरका कारण चिसो बढ्दा रौतहटसहित मधेशको जनजीवन प्रभावित भएको छ। विगत एक सातादेखि लागेको हुस्सु र शीतलहरले रौतहटको जनजीवन नराम्रोसँग प्रभावित भएको हो ।

अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोका कारण बजारमा चहलपहल समेत घटेको छ । चिसोका कारण विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् ।

जाडो बढेसँगै रौतहटका सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ। पहिलेको तुलनामा जाडोका कारण सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको रौतहट जिल्ला भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उदयप्रसाद देवकोटाले जानकारी दिए ।

तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तथा तोरीमा नराम्रो क्षति पुगेको किसानहरूको भनाइ छ। जाडो बढेसँगै अस्पतालमा जाडोबाट हुने विभिन्न रोगका बिरामीहरूको सङ्ख्या समेत बढ्दै गएको छ ।

शीतलहर र बाक्लो हुस्सुका कारण राजमार्गमा यातायातका साधन समेत कम चलेका छन् । हुस्सु, शीतलहर र तुषारोका कारण पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरूले दिउँसै बत्ती बालेर हिँड्नुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : ०६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको