राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुँदै, प्रचारप्रसार गर्न नपाइने | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुँदै, प्रचारप्रसार गर्न नपाइने


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।

मौन अवधिमा उमेदवारको पक्ष/विपक्षमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला, गोष्ठी, प्रचारप्रसार लगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,  सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने उल्लेख गरेको छ ।

आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि यही माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । यो निर्वाचनमा सात प्रदेशबाट विभिन्न दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १ : ०४ बजे

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि

एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !

काठमाडौं– कम्युनिष्टहरुले मान्दै आएको संगठनात्मक सिद्धान्तले भन्छ – महाधिवेशनले गरेको