इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण | Khabarhub Khabarhub

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ  । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकूहरूबीच भीषण भिडन्त भएको बताएका छन् ।

गत अक्टोबर ७ मा इस्लामिक आन्दोलनका लडाकुहरूले गरेको आक्रमणमा परी करिब एक हजार १४० जनाको मृत्यु भएपछि नेतन्याहुले हमासमाथि ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हमासका लडाकूले बन्धक बनाएका करिब २५० जनामध्ये १३२ जना अझै पनि गाजामा हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ ।

इजरायली सेनाका अनुसार युद्धले व्यापक तनाव बढाउने डरलाई बढावा दिएको छ । लेबनानको सीमा नजिक उत्तरी इजरायलमा रातारात साइरन बजाइएको छ ।

लेबनानमा इजरायली सेना र इरान समर्थित हेजबुल्लाह आन्दोलनबीच दैनिकजसो गोली हानाहान हुने गरेको छ भने दक्षिणी लेबनानका कैयौँ क्षेत्रमा रातारात आक्रमण भएको छ ।

इजरायलको यस्तै एउटा आक्रमणमा लेबनानी हेजबुल्लाहसमूहका एक लडाकुको मृत्यु भएको हमास सम्बद्ध स्रोतले जनाएको छ ।इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ ।

यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ को महत्वपूर्ण व्यापारिक मार्गहरूमा इजरायल-सम्बद्ध जल यातायात मार्गमा आक्रमण गरेका छन् । यसले प्रतिशोधात्मक अमेरिकी र बेलायती आक्रमणहरू निम्त्याएको छ ।  प्रायः सिरिया र इराकमा आक्रमणहरू इजरायलमा अमेरिकी समर्थनको विरोध गर्दै गरिएको इरान–सम्बद्ध लडाकूहरूले दावी गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : ४६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८