काठमाडौँ महानगरको कार्यालयमा सडक व्यवसायीको धर्ना | Khabarhub Khabarhub

काठमाडौँ महानगरको कार्यालयमा सडक व्यवसायीको धर्ना


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक व्यवसायीहरूले काठमाडौं महानगरको कार्यालयमा धर्ना दिएका छन् ।

पछिल्लो समय व्यवसायीहरूमाथि महानगरले अत्याचार गरेको भन्दै विभिन्न संघसंगठनको अगुवाइमा उनीहरूले काठमाडौं महानगर कार्यालयबाहिर धर्ना दिएका हुन् ।

उनीहरूले निर्बाध रूपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरूले यसअघि महानगरसँग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् ।

साँझ ८ बजेको समयमा आफ्नो जीवन निर्वाह गर्नका लागि सडकको पेटीछेउमा सामान बिक्री गर्न खोज्दा नगर प्रहरीले गुण्डागर्दी शैलीमा धरपकड गरेको उनीहरूले बताएका छन् ।

व्यवसायी महानगरले साना व्यवसायीहरूको पुँजी समाप्त गर्ने गरी दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ३८ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत