पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी  | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा काठमाडौंको पर्यटन बोर्डमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटो प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको भन्दै फोटा प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

फोटो प्रदर्शनीमा सान्दोङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०२ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत