संसदीय समितिले माग्यो स्वास्थ्य मन्त्रालयको प्रगति विवरण | Khabarhub Khabarhub

संसदीय समितिले माग्यो स्वास्थ्य मन्त्रालयको प्रगति विवरण


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ । 

सिंहदरबारमा आज बसेको समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्यमन्त्री बस्नेतसँग छलफल गर्ने निर्णय गरेको हो । 

सोमबार बोलाइएको बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरूले दिएको प्रस्तुति चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरिएको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

त्यस्तै बैठकले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखित रूपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरूको पहिचान गर्नका लागि सम्बन्धित स्वायत्त निकायहरू राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बीमा बोर्ड लगायतसँग पनि छुट्टछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ३६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर