रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्स « Khabarhub

रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्स


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार आयोजित पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकले उनलाई दिएको पत्र देखाए । पत्रकार सम्मेलनको अन्त्यमा उनले यो पत्रबारे चर्चा गरिदिन मिडियासँग विशेष आग्रहसमेत गरे ।

लामिछानेले बैंकलाई आफूले सोमबार नै विवरण माग गरेको तर बैंकले गत असोज २२ को मिति राखेर त्रुटि गरेको पनि बताए ।

आखिर बैंकले रविलाई दिएको पत्रमा के भनिएको छ ? पत्रको व्यहोरा पढौं–

श्री रवि लामिछानेज्यू,

बूढानीलकण्ठ काठमाडौं ।

विषय– विवरण उपलब्ध गराएको बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा तहाँको मिति २२/०६/२०२४ गतेको पत्रको सन्दर्भमा लेख्दैछौं । उक्त पत्रमा उल्लेखित मिति १७/०६/२०२२ मा यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ००३०७०१०००५९१३ मा रु १, ८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ECC मार्फत चेक clearance पठाउँदा insufficient balance कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’

बैंकको पत्रको व्यहोरा अनुसार रविको खातामा १ करोड ८० लाखको डिपोजिट भएको प्रमाणित हुन्छ । तर, चेकमार्फत जम्मा गरिएको रकम ईसीसी अर्थात इलेक्ट्रोनिक चेक क्लियरिङमा पठाउँदा ‘इनसफिसियन्ट ब्यालेन्स’ अर्थात खातामा रकम अपुगका कारण चेक क्यान्सिल भएको भन्न खोजिएको छ । अर्थात् उक्त चेक ‘बाउन्स’ भएको बैंकको पत्रले भन्न खोजेको छ ।

कुनै पनि निकायले मेरो खाता हेरोस्, १ करोड ८० लाख लिएको रहेछु भने सजाय भोग्न तयार छु : रवि

मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन : रवि

हेर्नुहोस् भिडियो-

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ४७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको