चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने सम्भावना : जाक्सा | Khabarhub Khabarhub

चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने सम्भावना : जाक्सा


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले जनाएको छ । 

जाक्साले भनेको छ, ‘टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।’

जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मून स्नीपर’ चन्द्रमामा अवतरण गरेको करिब तीन घण्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो । 

जापानको अन्तरिक्ष यानको मिशनलाई ‘मून स्नीपर’ नाम दिइएको छ । यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलता पूर्णरूपमा पुग्ने पाँचौं देश बनाएको हो ।

मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत उत्पादन नगरेको बताइएको थियो । जाक्साले यस मिसनको नतिजा र स्लिम क्राफ्टको स्थितिको बारेमा यसै हप्ता थप घोषणा गर्ने तयारी गरिरहेको बताएको छ ।

‘अवतरणपछिको मुद्रा योजनाअनुसार भएन, तर हामी धेरै परिणामहरू प्राप्त गर्न सक्षम हुन सक्छौँ र हामी खुशी छौं कि अवतरण सफल भयो ।’

चन्द्रमामा पहिलो पटक अवतरण गरेको ५० वर्षपछि सरकार र निजी कम्पनीहरूले प्रक्षेपण गरेका थुप्रै नयाँ चन्द्र अभियानहरूमध्ये स्लिम पनि एक हो ।

दुर्घटनाग्रस्त अवतरण र सञ्चार विफलताहरू व्याप्त छन् यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ५९ बजे

अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो

डेनभर, अमेरिका– अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा जहाज ठूलो

बराहक्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ :  मुख्यमन्त्री कार्की

धरान– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

लुम्बिनी– बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई

हितेन्द्रदेवको स्पष्टीकरण- चितवनमा लोडसेडिङ भएको होइन, सव-स्टेशन अपग्रेड हुँदैछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने 

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली साउन १३ गते कैलाली आउने भएका