इजराइलद्वारा गाजामा बमबारी, ४०जनाको मृत्यु « Khabarhub

इजराइलद्वारा गाजामा बमबारी, ४०जनाको मृत्यु


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

गाजा । दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको आधिकारी प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ । उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनीहरू बसेका छन् ।

गाजा पट्टीमा जारी इजराइली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २५ हजार दुई सय ९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजराइली सेनाद्वारा एक सय ९० प्यालेस्टिनी मारिएको र तीन सय ४० जना घाइते भएका छन् । जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइेते भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ३६ बजे

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात