एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गरिँदै « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गरिँदै


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आ पनि जारी रहने छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि जारी सातौँ  बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजना माथि आज टोली प्रमुखले आआफ्नो समूहमा भएको छलफलको निष्कर्ष सुनाउने छन् ।

बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालेले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए । जसमा ९ समुहमा छलफल गरिएको हो ।

सोही समूहले आज प्रतिवेदनको निचोड सुनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि बैठक आज सकिने एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : २३ बजे

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन