संसद बैठकमा एमालेबाट तीन मन्त्रीको राजीनामा माग « Khabarhub

संसद बैठकमा एमालेबाट तीन मन्त्रीको राजीनामा माग


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै मुख्य विपक्षी एमालेलगायत रास्वपा र राप्रपाले संसद बैठकमा सरकारको विरोध गरेका थिए ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए ।

बैठकको सुरुमा बोल्दै पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए ।

बैठकमा सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थियाे ।

गत पुस १३ गते दक्षिण कोरियाको ईपीएस भाषा परीक्षाको विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सो घटनामा सरकारले गठन गरेको छानबिन समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको असावधानीका कारण घटना घट्न पुगेको निष्कर्ष निकालेको थियो ।

यसअघि माघ ६ गते बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ११ : ३९ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले