संसद बैठकमा एमालेबाट तीन मन्त्रीको राजीनामा माग « Khabarhub

संसद बैठकमा एमालेबाट तीन मन्त्रीको राजीनामा माग


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै मुख्य विपक्षी एमालेलगायत रास्वपा र राप्रपाले संसद बैठकमा सरकारको विरोध गरेका थिए ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए ।

बैठकको सुरुमा बोल्दै पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए ।

बैठकमा सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थियाे ।

गत पुस १३ गते दक्षिण कोरियाको ईपीएस भाषा परीक्षाको विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सो घटनामा सरकारले गठन गरेको छानबिन समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको असावधानीका कारण घटना घट्न पुगेको निष्कर्ष निकालेको थियो ।

यसअघि माघ ६ गते बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ११ : ३९ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी