विकास, निर्माण र जनजीवनका सवालमा सांसदले गराए ध्यानाकर्षण « Khabarhub

विकास, निर्माण र जनजीवनका सवालमा सांसदले गराए ध्यानाकर्षण


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रमा विकास, निर्माण र जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडित र किसानका समस्या सम्बोधनको माग गरे । नेकपा (एमाले) का नेता योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १८ गतेदेखि उपकुलपति पद रिक्त रहेको र उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्षरूपमा उपकुलपति छनोट गर्न माग गरे।

बैठकमा सांसदहरूले मुलुकमा सुशासन हुनुपर्ने, स्थानीय तहमा बैंकका शाखा सञ्चालन हुनुपर्ने, कर्णाली करिडोर स्तरोन्नति हुनुपर्ने, कृषिका उपज सहजरूपमा बजारमा जाने वातावरण हुनुपर्ने, सहकारीपीडितले न्याय पाउनुपर्ने, मापदण्डविपरीत चुनढुङ्गा खानी उत्खनन गरी स्थानीयलाई प्रभावित पार्न नहुनेलगायत विषय उठाए। 

यस्तै सांसदहरूले सवारी दुर्घटना नियन्त्रण, बाल सुधारगृहमा अनुगमन हुनुपर्ने, जाजरकोटका भूकम्पपीडितले अझै राहत नपाएको, मेडिकल काउन्सिलको लाइसेन्सको परीक्षा तोकिएभन्दा एक दिन अगाडि बिनासूचना लिइएको विषय उठाएका थिए । 

सांसदहरू भगवती चौधरी, भानुभक्त जोशी, महेशकुमार बर्तौला, महेन्द्रबहादुर शाही, मैना कार्की, मानवीर राई, माधव सापकोटा, मुक्ताकुमारी यादव, गंगाप्रसाद यादव, मीना तामाङ, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजन केसी, रामकुमार राई, रामहरि खतिवडा, रुक्मिणी राना बराइली, लक्ष्मी तिवारी, एलपी साँवा लिम्बू, लीलानाथ श्रेष्ठलगायतले भाग लिएका थिए।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १२ : २६ बजे

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम