१८ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन « Khabarhub

 १८ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनले भने, ‘लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पर्कमा नआए वा हाजिर नभए कानुनी प्रकृत्या पूरा गरी सेवाबाट हटाइने छ ।’

आज एक सूचना जारी गरी प्रहरी प्रधान कार्यालयले धनगढी उपमहानगरपालिका-३ का प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह ढगुन्ना, ओखरढुङ्गा सिशिचरण-९ का प्रबह धनबहादुर भुजेल, प्रसह मनकुमार खड्का, प्रसह महेस पासी, प्रसह रञ्जीतकुमार सिंह, प्रापज यमन राम्जाली, प्रापज अभिषेक सुबेदी, प्रापज राम विक, प्रहरी जवानहरु अशोक कुमार, मेगबहादुर पाण्डे, मनिष सुनार, ईश्वर धिमाल, तारामान गुरुङ, मनिषकुमार झा, सुमनकुमार बस्नेत, निरज बढई, विष्णु श्रेष्ठ तथा प्रकाश शेरबहादुर गिरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  २ : ३६ बजे

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका