कांग्रेस महासमिति बैठक : युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठक : युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने सदस्यहरूले युवालाई पार्टीको माथिल्लो तहसम्म अवसर दिनुपर्ने बताएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकमा आज धारणा राख्ने वक्ताहरूले गुटगत प्रतिस्पर्धा र नातावादले पार्टीलाई कमजोर बनाएको र युवाको प्रतिनिधित्व कम भएको भन्दै युवालाई पार्टीका हरेक तहमा अवसर दिनुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै काठमाडौँका महासमिति सदस्य सुशील भट्टले पार्टीभित्र काम गर्ने असल कार्यकर्ताको भावनलाई कांग्रेसले सम्बोधन गर्न नसकेको बताइन्। ‘पार्टीले गुटगत प्रतिस्पर्धा भन्दा सही, यथार्थता र जनताको भाषालाई ध्यान दिनुपर्छ, कांग्रेस सत्तामा हुँदा जनताको समस्या समाधान हुनुपर्छ, हरेक तहमा युवाको प्रतिनिधित्व हुनुपर्छ’, उनले भनिन्।

नुवाकोटका महासमिति सदस्य कल्पना नेपालीले पार्टीको सबै तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताइन् ‘अहिले वडा तहमा एउटा सदस्यको व्यवस्था गरिएको छ, सङ्घको पदाधिकारीमा एउटा सहमहामन्त्रीमात्रै व्यवस्था भएको छ, प्रदेश जिल्ला र क्षेत्रीय तहमा पनि एउटा पदाधिकारीको व्यवस्था अनिवार्य हुनुपर्छ’, उनले भनिन् ।

काठमाडौँका महासमिति सदस्य रीता सुनुवारले एउटै व्यक्तिलाई पटक–पटक आरक्षणको अवसर दिन नहुने बताइन् । ललितपुरका महासमिति सदस्य ऋषिराम घिमिरेले आगामी निर्वाचनमा गठबन्धन आवश्यक नरहेको बताए। उनले कांग्रेसले अहिले अर्थतन्त्र सुधारका विषयमा ध्यान दिनुपर्ने उल्लेख गरे।

काठमाडौँका महासमिति सदस्य श्रीराम लामिछानेले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदन सहीरूपमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेप्रति आफूलाई शङ्का लागेको बताए ।

लमजुङका महासमिति सदस्य चन्द्रबहादुर कुँवरले महासमिति बैठकमा गठबन्धनबारे कुरा उठ्नु गलत भएको बताए । “पार्टीलाई चुस्त, दुरुस्त राख्नका लागि अभिलेख राख्नुपर्ने भए पनि पार्टीले राख्न सकेको छैन, तत्काल अभिलेख राख्नुपर्छ”, उनले भने । उनले पार्टीको बारेमा युवापुस्तालाई बुझाउन जरुरी रहेको उल्लेख गरे।

 काठमाडौँका महासमिति सदस्य भद्रा भण्डारीले पार्टीका हरेक तहका निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने बताइन्। उनले कांग्रेसले जनताका समस्यालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउनुपर्नेमा जोड दिइन् । स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले पार्टीले समस्याको पहिचानमात्र गर्ने होइन, समाधान गर्नेतिर ध्यान दिनुपर्ने बताए। उनले कांग्रेस पछाडि पर्नुको कारण गठबन्धन पनि एक भएको बताए।

 काठमाडौँका महासमिति सदस्य रीता दवाडीले गत निर्वाचनमा नयाँ मतदातालाई बन्धक बनाएर रुखभन्दा अन्य चिह्नमा मतदान गर्न बाध्य पारेको भन्ने गुनासोका कारण आगामी दिनमा अझ समस्या पर्न सक्ने भन्दै पार्टीलाई सचेत रहन आग्रह गरिन्। उनले जिल्ला र क्षेत्रीय सभापतिमा देशैभर महिलाको प्रतिनिधित्व नहुनु दुखद् भएको भन्दै कम्तीमा पनि ३३ प्रतिशत महिला सभापतिहरू हुनसक्ने वातावरण बनाउनुपर्ने बताइन् ।

 गोरखाका महासमिति सदस्य शोभा अधिकारीले पार्टीले टिकट बाँड्ने संसदीय बोर्ड र पार्टीको पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न पार्टीले पहल लिनुपर्ने बताइन्।

 महासमिति बैठकको अन्तिम दिन आज बिहानैदेखि समूहगत छलफल जारी रहेको छ । प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा आजै प्रस्तुत गर्नेछन् ।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमा समूहगतरूपमा छलफल भएको थियो । उक्त छलफल अहिलेसम्म पनि जारी रहेको छ । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्क समितिका गरी  दुई हजार बढी महासमिति सदस्य  सहभागी छन् । उक्त बैठक आज नै समापन गर्ने तयारी गरिएको कांग्रेस प्रचारप्रसार उपसमितिले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : २५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको