कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट « Khabarhub

कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार प्रस्ताव पारित गर्दै कांग्रेसको महासमिति बैठक समापन भएको घोषणा गरिएको छ ।

बैठकले नीति, साङ्गठनिक , राजनीतिक, लेखा प्रस्ताव पारित गरेको छ । यसबारे जानकारी दिँदै कांग्रेस महामन्त्री गगन थापाले विधान मस्यौदा समिति बनाउने उद्घोष गरेका छन् । 

असन्तुष्ट बनेका महासमिति सदस्यहरूलाई आश्वासन दिँदै प्रतिनिधिहरूको सुझाव केन्द्रमा राखेर काम गर्ने बताए । ‘अरु पार्टीमा दबाब खुम्च्याइन्छ तर कांग्रेसमा त्यस्तो हुँदैन’ थापाले भने, हामी अरुभन्दा फरक संस्कार भएको पार्टीका सदस्य हौं । 

महामन्त्री थापाले सबै प्रस्तावमाथि छलफल भएको र त्यसलाई मसिनो गरी लिपिवद्ध गर्ने प्रतिवद्धता जनाए । थापाले टीआरसी विधेयक संसदबाट छिट्टै पारित गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ४ : ५० बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर