काठमाडौंमा ५ लाख बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने   « Khabarhub

काठमाडौंमा ५ लाख बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने  


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । यही फागुन १३ गते देखि सुरु हुने अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

कार्यालयले अभियान अन्तर्गत ५ लाख ९७ हजार ३ सय ५ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने खोप अभियानमा काठमाडौंका ११ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले बताए ।

उनका अनुसार काठमाडौं महानगरमा सबैभन्दा धेरै २ लाख ५० हजार बालबालिका खोपका लागि योग्य रहेको तथ्यांक रहेको छ ।

त्यस्तै शंखरापुरमा ७ हजार ५ सया ६७, कागेश्वरी मनोहरामा ५० हजार २ सय ८२, गोकर्णेश्वरमा ४९ हजार ६ सय ८२, दक्षिणकालीमा ८ हजार ५ सय १७, नागार्जुनमा २९ हजार २ सय ३४, टोखामा ४९ हजार ९ सय २ जनलाई खोप लगाउने लक्ष्य रहेको छ ।

त्यस्तै, तारकेश्वर नगरपालिकामा ४१ हजार ४ सय ३४, बुढानिलकण्ठमा ५० हजार ३२ जना, चन्द्रागिरिमा ३५ हजार ६ सय १८, कीर्तिपुरमा २५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोप केन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिने भएका छन् । १५ दिनमा खोप अभियान नसकिए समयावधि थप्ने कार्यालयको योजना रहेको छ ।

खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेलाको अलावा नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिने तयारी रहेको छ ।
जस अन्तर्गत डिपीटी, पिसीभी र आईपिभी खोप लगाउने सरकारी योजना रहेको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरूमा काठमाडौं लगायत जिल्लामा दादुरा रुबेलाको संक्रमण अपेक्षाकृत रूपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो ।

काठमाडौं लगायत २३ वटा जिल्लामा दादुरा रुबेलाको महामारी देखिएपछि सरकारले सन् २०२३ सम्म दादुरा निवारणको लक्ष्यलाई ३ वर्षपछि धकेलेको हो । सरकारी तथ्यांक अनुसार हाल दादुरा रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ ।

तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समूहको खोपमा पहुँच पुर्‍याउनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ४ : ५९ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का