कांग्रेसका प्रदेश प्रमुखको प्रतिवेदन : असन्तुष्टि र आत्मरतिको पुलिन्दा  « Khabarhub

कांग्रेसका प्रदेश प्रमुखको प्रतिवेदन : असन्तुष्टि र आत्मरतिको पुलिन्दा 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महासमिति बैठकमा बोल्ने पदाधिकारीहरूले नेपाली कांग्रेसका लागि कांग्रेस नै अवसर र चुनौती भएको बताएका छन् । चुनावका बेला कांग्रेसकै घात अन्तर्घातका कारण पार्टी पराजित हुने गरेको भन्दै पार्टीमा गुट उपगुटलाई साम्य बनाउनुपर्ने धारणा राखे । 

नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टी बलियो बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराए । उनले पार्टीमा युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको स्पष्ट गरे । 

सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यबाट पार्टी र देशको बारेमा चिन्ता र चासो आउनु सकारात्मक भएको जानकारी गराए । ‘मुलुकको राजनीति चौतर्फी घेराबन्दीमा परेका बेला पार्टीका जिम्मेदार नेता कार्यकर्ताबाट यति धेरै चिन्ता र चासो आउनुलाई हामीले सार्थक बहस ठानेका छौ ।’ बलायरले भने ।

बलायरले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा नल्याएको भए देशको हालत के हुने थियो? भन्ने प्रश्न गरे ।  ‘देशको वस्तुस्थिति बुझेर वृहत शान्ति सम्झौताको माध्यमबाट क्षति न्यूनिकरण भयो । जंगलमा रहेको माओवादीलाई संसदभित्र हामीले लगेको हो । कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्तावेजको रुपमा दिएका छौं ।’ बलायरको तर्क छ ।

कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्ने बताए ।   नीति प्रस्ताव अत्यन्तै समयसान्दर्भिक भएको र यसलाई निष्ठापूर्वक लागू गर्नुपर्नेमा जोड दिए । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिनु हतार हुने उनको भनाइ थियो । 

‘गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आयो । यो तत्कालीन समयले माग गर्ने विषय हो यो ।  अहिलेनै गर्ने नगर्ने अलि हतार हुन्छ ।  तीनै प्रस्तावलाई चलायमान र गतिशील बनाउनुपर्छ’ उनले भने । 

मधेश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यहरूले निर्वाचन क्रममा बढ्दो अन्तर्घात कम गर्न सकेको खण्डमा पार्टी बलियो हुँदै जाने र टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त भएको बताए ।  टिकट नपाएका साथीहरूले नै अर्को साथीलाई हराउन लागेका कारण अन्तर्घात बढेको उल्लेख गर्दै उनले भने, टिकट पाउने फिल्डमा खटिन्छ भने नपाउने हराउन लाग्छ । 

कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएकोमा मधेश प्रदेशका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन । यादवले आफूहरूको निष्कर्ष सुनाउँदै भने, महाधिवेशन र महासमिति बीच दुई वर्ष फरक गर्नुपर्छ । यसो गर्दा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ

बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक जीवनका समस्या समाधान गर्न पहल गर्ने, सरकार–पार्टीबीच समन्वय, शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्नुपर्नेलगायतका मागहरु उठेको जानकारी गराए । 

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहमा पार्टी संरचना बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउने गरी काम गर्ने सुझाव आएको बताए । 

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने जानकारी गराएको बताए । गैरआवासीय नेपालीलाई पनि मताधिकार दिलाउने विषयमा जोडतोडका साथ एजेण्डा उठेको पुनको प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ५ : १४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग