महासमिति बैठकमा अपाङ्ग प्रतिनिधिको आक्रोस–पार्टीले स्वाभिमानमा आँच पुर्‍यायो | Khabarhub Khabarhub

महासमिति बैठकमा अपाङ्ग प्रतिनिधिको आक्रोस–पार्टीले स्वाभिमानमा आँच पुर्‍यायो



काठमाडाैं – नेपाली कांग्रेसको महासमिति बैठक आज सम्पन्न भएको छ । बैठकमा अपाङ्गता भएका व्यक्ति सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ ह्वील चेयर प्रयोग गरेर सहभागी भएका थिए । बैठकका उपस्थित भएका करिब २५ सय सहभागी मध्ये उनी मात्र ह्वील चेयर प्रयोग गरेर आएका प्रतिनिधि हुन ।

उनले महासमिति बैठकमा आफ्नो अधिकार प्रयोग गर्ने नपाएको गुनासो गर्दै भने– ‘महासमिति बैठक अपाङ्गमैत्री भएन । यसले मेरो स्वाभिमानमा आँच पुगेको छ । २५ सय सहभागी मध्ये म मात्र ह्वील चेयर प्रयोगकर्ता हुँ । मलाई  माथिल्लो हलसम्म जाने वातावरण भएन । लिफ्ट पनि चलेको छैन । हाम्रो अवस्था कसले बुझ्ने ?’

उनले महासमिति बैठकका आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि कोटा अनुसार सहभागी गराउन पार्टीले जोड दिनुपर्ने बताए । उनले सोधे– ‘खै त म जस्ता अन्य सहभागी कहाँ छन् ?’ कांग्रेसले अन्य पार्टीभन्दा अपाङ्ग, दलित र पिछडिएका वर्गलाई सम्मान गरेको भए पनि महासमिति बैठकमा आफ्नो स्वाभिमानमा आँच आउने काम भएको तर्क गरे ।

श्रेष्ठले भने, सबैलाई समेटिने भौतिक संरचनाको व्यवस्था हो । यो अवस्था हेरेर पार्टीले सच्याउने काम गरोस् । ‘कांग्रेसलाई नयाँ पुस्ताले ट्रयाकमा ल्याउन आवश्यक छ’ उनले थपे, पार्टी नेतृत्व गठबन्धनभन्दा पनि कांग्रेस बचाउन अग्रसर हुनुपर्छ । लोकतान्त्रिक पार्टी आफ्नै सामर्थ्यमा चल्नुपर्छ ।’

आफ्नो नीतिमा पार्टीले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै श्रेष्ठले अपाङ्गहरु घरभित्र गुम्सिएर बस्नुपर्ने अवस्था छ । यसलाई कांग्रेसले नीतिमा समेट्नु पर्ने आवश्यकता औँल्याए । उनको सुझाव छ, शिक्षा, स्वास्थ्य र खानपिन निःशुल्क गरी घरभित्र बसेका अपाङ्गहरुको उद्धार गरौँ ।

सबैलाई सम्मानपूर्वक बस्न योग्य गाउँ सहर बनाउन आवश्यक रहेको बताउँदै उनले कांग्रेसले राज्य सत्तामा पनि अपाङ्गको सम्मानजनक उपस्थितिका लागि आग्रह गरे ।

लामो समयदेखि आफूले अपाङ्गको  क्षेत्रमा काम गर्दै आएको भन्दै श्रेष्ठले समाजमा अपाङ्गताप्रति अझै नकारात्मक धारणा रहेकाले चेतनाको विकास गरी चिर्न सहकार्यको खाँचो रहेको बताए ।

यो पनि…

गगन–विश्व सहकार्यमा तगारो, शर्माले रोजे देउवाको छहारी

भुइँ कांग्रेसको विलाप : बाटोको खोज्दा पोल्टाको स्वाहा

 

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : ५० बजे

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा

नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं–  नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत

विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा