देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको : प्रकाशशरण महत | Khabarhub Khabarhub

देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको : प्रकाशशरण महत


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको भएको बताएका छन् । 

नेपाली कांग्रेसको जारी महासमिति बैठकको समापनसत्रमा उनले सीमित स्रोत, साधनका बाबजुद अर्थतन्त्रको विकासका लागि सरकारले काम गरिरहेको बताए। कांग्रेस केन्द्र, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी बनेकाले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

वडादेखि प्रदेश हुँदै केन्द्रसम्म संस्थागतरूपमा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा डा महतले जोड दिए । गठबन्धन गरेर जानु नपर्ने परिस्थिति निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । 

यस्तै कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको बताइन्। उनले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : १९ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१