देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको : प्रकाशशरण महत « Khabarhub

देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको : प्रकाशशरण महत


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको भएको बताएका छन् । 

नेपाली कांग्रेसको जारी महासमिति बैठकको समापनसत्रमा उनले सीमित स्रोत, साधनका बाबजुद अर्थतन्त्रको विकासका लागि सरकारले काम गरिरहेको बताए। कांग्रेस केन्द्र, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी बनेकाले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

वडादेखि प्रदेश हुँदै केन्द्रसम्म संस्थागतरूपमा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा डा महतले जोड दिए । गठबन्धन गरेर जानु नपर्ने परिस्थिति निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । 

यस्तै कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको बताइन्। उनले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : १९ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष