कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ : शेखर कोइराला | Khabarhub Khabarhub

कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ : शेखर कोइराला


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुने बताएका छन् । उनले देशवासीको भविष्य निर्माण गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गरे ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही फागुन ७ गतेदेखि सुकरु भएको कांग्रेस महासमिति बैठकको आज समापन सत्रमा बोल्दै नेता डा कोइरालाले महासमितिको बैठक समापनसम्म आइपुग्दा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य तथा त्यस्ता व्यक्ति, घटना र मोडको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी हुनुपर्ने बताए । उनले इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशानिर्देश गर्ने नेताको स्मरण गर्दै अग्रजहरुले राष्ट्र निर्माणका लागि सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्नुपर्ने उल्लेख गरे।

कांग्रेस आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यउन्मूख भएरै अगाडि बढ्नुपर्ने नेता कोइरालाको भनाइ थियो । पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुनःस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनले सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति भएको उनले उल्लेख गरे ।

देशभित्र उठेका मुद्दा र पार्टीलाई सुधार गर्ने विषयमाथि पार्टीले गम्भीर भएर छलफल गर्नुपर्ने, कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने, आम नागरिक आर्थिक कठिनाई, महङ्गी, बेरोजगारी, दण्डहिनता र भ्रष्टाचारको अन्त्य हुनुपर्ने उनले बताए ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले पार्टीका केन्द्रीय नेताहरु स्थानीय तहबाट प्रतिनिधि भएर आउनुपर्ने प्रवृत्तिबारे बैठकमा गम्भीर ढङ्गले उठेको बताए । उनले जनताका समस्या समाधान गर्न पार्टी लाग्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेस आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताउनुभयो । “हामी सङ्गठित बनौँ, ठूलो पार्टीमात्र होइन, बहुमतप्राप्त पार्टी बन्न सक्छौँ,” उनले भने ।

कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले तीनै तहको सरकारलाई अधिकारसम्पन्न बनाएर अगाडि बढ्नुपर्ने बताए । “संविधानसभाबाट जारी भएको संविधानको रक्षा गर्दै आर्थिक क्रान्तिको बाटो कांग्रेसको नेतृत्वमा सम्पन्न गर्नुपर्छ,” उनले भने।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बैठकपछि जाँदा आगामी २०८४ सालमा हुने निर्वाचनमा पार्टीलाई जिताउने गरी उत्साह लिएर जान आग्रह गरे । उनले महासमितिका राम्रा कुरा आम जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ८ : २३ बजे

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान

काठमाडौं– शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत

‘आधुनिक खेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध’

जनकपुर– राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले

रास्वपा र राप्रपालाई सभामुखले भने- विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाइदिनुस्

काठमाडौं– सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता

किसानको प्रगतिविना देशको विकास सम्भव छैन : नेता सिटौला

भद्रपुर– नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान