इराकविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले गरिन् ४ गोल « Khabarhub

इराकविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले गरिन् ४ गोल


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तरगत इराकविरुद्धको खेलमा नेपालकी सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छन् । खेलको पहिलो हाफ सकिँदा भण्डारी एक्लैले चार गोल गरेपछि नेपाल ४–० ले अगाडी छ ।

सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्तदै भण्डारीले अर्को गोल गरिन् । भने खेलको ३७ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यस्तै खेलको ४४ औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्याएकी हुन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : ३९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन